मेरो आवाज
Posted on 24. Jun, 2009 by मेरो रेडियो in मेरो आवाज
नमस्कार । मेरो आवाजमा यो पटक दुई कविता समावेश गरिएका छन् ।
पहिलो कविता हो, गोपी सापकोटाको “खलनायकहरु” । गोपी सापकोटा नेपाली वाङमयमा परिचित नाम हो जो विशेष रुपमा नाटककारका रुपमा चिनिनुहुन्छ । त्यसबाहेक उहाँ कवि पनि हुनुहुन्छ । उहाँको कविता “खलनायकहरु” उहाँको सँग्रह गुलाफको एस्ट्रेमा म्रत्यु मा सँग्रहीत छ ।
अर्को कविता हो, सविना सिन्धुको “कपमा उभिएको अस्थिपन्जर” । सविना सिन्धु नेपाली युवा कविका रुपमा परिचित र सक्रियहुनुहुन्छ । उहाँका केहि कविता सँग्रह पनि बजारमा आइसकेका छन् ।
आउनुस्, सुनौ मेरो आवाजमा यी कविताहरु ।
मेरो आवाज अङ्क १ यहाँ छ । यसमा क्लीक गर्नुहोस् ।

anuj shrestha
25. Jun, 2009
सुन्दर दुई काव्य - गोपी सापकोटाको “खलनायकहरु” र सविना सिन्धुको “कपमा उभिएको अस्थिपञ्जर ” रुपेशजीको वाचनमा सुन्न पाईयो । वाचनले कवितालाई प्राण दिन्छ नै । त्यो अझ स्वयं कवि वा गीतकारबाट पनि सम्भव भए सम्म स्वराकंन होस् ।रुपेश जीको कविता वाचन शिल्प पनि बडो मीठो लाग्यो।
आकार
26. Jun, 2009
एकदमै मन पर्यो । लेखाइ अनि वाचन दुबै मा दम छ ।
santosh kc
29. Jun, 2009
Superb, fabulous, I really liked it. keep it up.