Nepal’s former King Gyanendra Shah speaks to media
तीन वर्षअघि राजपाट गुमाएका पूर्वराजा ज्ञानेन्द्र शाहले जननिर्वाचित संविधानसभाबाट भएको गणतन्त्र घोषणालाई चुनौती दिँदै नेपालबाट राजतन्त्र समाप्त भइ नसकेको उदघोष गरेका छन्। अन्तर्वार्ता हेर्न भित्र आउनुस्
२९ जेठ २०६५ मा नारायणहिटी छाडेपछि पहिलो पटक नेपाली मिडियासँग बोल्दै शाहले आफू पुनः राजा हुन सक्ने संकेत गरेका छन्। ‘राजतन्त्र समाप्त भइसके जस्तो लाग्दैन। त्यो पनि अलि हाइपोथेटिकल (काल्पनिक) नै कुरा भयो। देशको इतिहासको पाना पल्टाएर हेर्दाखेरी यो माथि जाने तल आउने भित्रिने बाहिरिने भइराख्छ जस्तो लाग्छ । त्यसैले फेरि दोहोर्‍याउँछु। जनताले नै यो कुरालाई गहन र जिम्मेवारी साथ विचार गरेर जे निधो गर्छन् त्यही मान्नुपर्छ।’ रामनवमीको अवसरमा जानकी मन्दिर दर्शनका लागि जनकपुर पुगेका शाहले एभिन्युज टेलिभिजनलाई अन्तरवार्ता दिँदै अहिले मुलुकमा नागरिक सुरक्षाको खाँचो भएको औंल्याएका छन्। (www.nagariknews.com)

Nepal’s former King Gyanendra Shah speaks to media -1

Nepal’s former King Gyanendra Shah speaks to media -2

, ,

Comments are closed.