वसन्तका कविता
Posted on 21. Oct, 2009 by मेरो रेडियो in मेरो आवाज
नमस्कार,
यो पटक मेरो आवाजमा तपाईँ स्रोता मध्यकै एक सर्जक स्रोताको आवाजलाई हामीले समेटेका छौँ । वसन्त गौतमले जापानबाट मेरो रेडियोप्रति सद्भाव दर्शाउँदै हामीलाई उहाँका दुईवटा कविता वाचन गरी पठाउनुभएको छ । उहाँकै इच्छाअनुसार उहाँका यी कविता तपाईँलाई सुनाउनका लागि यहाँ राखेका छौँ । कविता सुन्नको लागि भित्र आउनुस् ।
यी कविताहरुको लेख्य रुप पढ्नको लागि उहाँको आफ्नै ब्लगमा पनि जान सकिनेछ । तर यहाँ भने वसन्तजीकै आवाजमा उहाँका कविताहरु सुन्न सकिन्छ । आउनुस् सुनौँ वसन्तलाई, कवितामा ।
रँगीन शरद
शहरको एकदिन
वसन्तजीका यी कविता कस्ता लागे? प्रतिक्रिया लेख्न छुट्ला नि ! अनि तपाईँका रचना पनि मेरो रेडियोमा समावेश गर्न चाहनुहुन्छ भने इमेल गर्नुहोस् । हाम्रो इमेल ठेगाना info.meroradio@gmail.com.


