शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाँ दिशा प्राप्त गरेको देखिन्छ । shankar-lamichane एब्स्ट्रयाक्ट चिन्तन प्याज प्रसिद्ध कलाकार लेखक लैनसिंह वाङ्देलको आग्रहमा लेखिएको हो । आधुनिक युगका जटिलता र जीवनका अस्तव्यस्ततालाई प्रतिबिम्बित गर्ने यस निबन्धमा लामिछानेले आफू र आफ्नो वास्तविकतालाई राम्रोसँग व्यक्त गरेका छन् । वर्तमान जीवनका विविध समस्याहरूलाई अभिव्यक्त गर्ने यो निबन्ध नेपाली साहित्यका पाठकका बीचमा निकै चर्चित रहेको देखिन्छ । यो नीबन्ध लामिछाने २०२४ सालमा मदन पुरस्कार प्राप्त नीबन्ध सङ्ग्रह एब्स्ट्रयाक्ट चिन्तन प्याजमा समेटिएको छ । यहाँ यहि नीबन्धलाई आवाजमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । कस्तो लाग्छ, सुनेर प्रतिक्रिया लेख्नुहोला ।

,

9 Responses to “एब्स्ट्रयाक्ट चिन्तन प्याज”

  1. pavel

    09. Sep, 2009

    Nice job Rupesh! enjoyed listenin…….

  2. Amar Lama

    09. Sep, 2009

    पुरानो सन्दर्भ र बिषयलाइ त्यसमा निहीत विचारले समसामयिक बनाउँछ । क्या मज्जा लाग्यो । सुनि नसक्दै कमेण्ट लेखें । सुन्दैछु……आवाज, प्रस्तुति र सन्दर्भले हालालुछ तान्दैछ मलाइ । अझै सुन्दैछु । बधाइ रूपेश !!

  3. samaya

    09. Sep, 2009

    essay by shankar lamichhane…………..radio presentation by roopess shrestha………………enjoyed listening brother……………….after all, abstract chintan pyaaj…………..

  4. Deepak Jadit

    10. Sep, 2009

    केहि कविताहरु पहिले सुनेको थिएँ तपाईंको आवाजमा । आज शङ्करको प्याज सुनेँ । अत्यन्तै राम्रो प्रस्तुति । साँच्चै मजा लुटेँ । कविताहरुमा भन्दा निबन्ध/कथामा तपाईंको आवाज प्रस्तुति धेरै खुलेको पाएँ । धन्यवाद रूपेशजी ।

  5. वसन्त

    08. Oct, 2009

    धन्यबाद रुपेशजी! एउटा महान कृति तपाईँको सुन्दर स्वरमा सुन्न पाऊँदा साह्रै खुशी लाग्यो!

  6. dhiraj

    27. Oct, 2009

    thank you ! I have not words to say.Great Job.

  7. binay

    27. Mar, 2010

    so easy for us to listen ..very good job…deserve praise

  8. Deeps Shah

    15. Apr, 2010

    नेपाली साहित्याफाँट्मा उत्तरआधुनिकताको अबिर्भाव गर्ने महान हस्ती शंकर दाई को सर्बचर्चित् कृति ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज” मेरो मार्गदर्शक हो। पटक पटक पढेको थिएँ तर श्रवण नै गर्ने अवसर पाउंदा आज बढीनै हर्ष बिभोर भएको छु। रुपेश जी को आवाजले शंकर दाईको लेखकिय घनत्वको मर्म शानदार बोकेकोछ।

  9. bhawani niroula

    31. Aug, 2010

    पढ्न नपाएको,…..सुन्ने मौका मिल्यो……. खुशी लागेको छ ।

Leave a Reply