बच्चा अपहरण गर्ने प्रयास गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिकाको चपाचोमा ४ जनालाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन्। मोटरसाइकलबाट पिछा गरेपछि ठिमीको चपाचोमा समातिएका उनीहरुलाई हतियारसमेतले कुटपिट गरिएको थियो। कुटपीटबाट बोल्न समेत नसक्ने भएका एकजनाको यो भिडियो हेरौँ ।
अपडेट
स्थानीयको कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। अन्यको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । प्राप्त जानकारी अनुसार व्यक्तिगत रिसइबीका कारण उनीहरुलाई अपहरणको आरोप लगाई कुटपीट गरिएको बुझिन आएको छ ।

Leave a Reply