यहि आषाढ २९ गते मेरो रेडियोले भानू जयन्ती विशेष कवि सम्मेलन गर्न लागेको कुरा यहाँहरुमा सहर्ष जानकारी गराउँदछौँ । कवि सम्मेलनमा जुनसुकै स्थानमा बसेर जो कसैले पनि सहभागिता जनाउन सक्नेछ । सहभागि हुनको लागि तपाईँले तल उल्लेख गरिएका मध्ये एउटा गरे पुग्छ ।
१. तपाईँले लेखेको कविता मेरो रेडियोको ईमेल ठेगाना (info.meroradio@gmail.com) मार्फत हामीलाई सीधै पठाउने ।
२. तपाईँले लेखेको कविता यो स्तम्भको कमेन्ट बक्समा सीधै पोस्ट गर्ने ।
३. तपाईँले लेखेको कविता तपाईँकै आवाज वा तपाईँको साथीको आवाजमा रेकर्ड गरेर ईमेल (info.meroradio@gmail.com)मार्फत हामीलाई पठाउने ।

कविताको विषय : कुनै पनि सान्दर्भिक विषय
कविताको साथमा पठाउनुपर्ने : तपाईँको पूरा नाम ठेगाना र ईमेल
कविता आइपुग्नुपर्ने : आषाढ २८ गते मध्यान्ह १२ (नेपाली समय) बजेसम्म

कवि सम्मेलन आषाढ २९ गते नै मेरो रेडियोमा जुनसुकै समयमा सुन्न सकिनेछ ।

,

One Response to “भानू जयन्ती विशेष कवि सम्मेलन”

  1. aman

    08. Jul, 2009

    tthanks no word to say

Leave a Reply