ग्रामीमा ज्याक्सनको प्रस्तुती
Posted on 28. Jun, 2009 by मेरो रेडियो in मेरो भिडियो
विश्वप्रसिध्द पप गायक माइकल ज्याक्सनको निधनपछि विश्वभरिका सगीतप्रेमीहरु शोकमग्न छन् । लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका ज्याक्सनलाई अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उनी ५० वर्षका थिए। अंग्रेजी पप गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई ‘पप सम्राट’ पनि भन्ने गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए। कन्सर्टका लागि साढे सात लाख टिकट बिकिसकेका थिए।
यहाँ १९८८ मा ज्याक्सनले ग्रामी अवार्ड कार्यक्रममा गरेको प्रस्तुतीको भिडियो राखिएको छ ।
