मेरो आवाजमा तपाईकै आवाज
Posted on 19. Jun, 2009 by मेरो रेडियो in मेरो आवाज
मेरो आवाजमा तपाईकै आवाज समेट्ने हाम्रो जमर्को हुनेछ । तपाई पनि गीत गाउनुहुन्छ तर रेकर्ड गर्ने अवसर पाउनुभएको छैन तर आफ्नो आवाज अरुलाई सुनाउन चाहनुहुन्छ भने कम्प्युटरमा रेकर्ड गरी हामीलाई पठाउनसक्नुहुनेछ । त्यतिमात्र होइन, तपाईले लेखेका गीत, कविता आदि छन् भने पनि रेकर्ड नगरी पनि हामीलाई ईमेल मार्फत पठाउन सकिनेछ । तीनलाई सुन्न लायक बनाउने जिम्मा हामीलाई दिनुहोस् । हाम्रो ईमेल ठेगाना हो info.meroradio@gmail.com.
अहिले भने मेरो आवाजमा रुपेश श्रेष्ठका बेखबर र यो सडक शीर्षकका कविता राखिएका छन् । उनका यी कविता उनको आफ्नै ब्लगमा पनि हेर्न सकिनेछ ।

anuj
19. Jun, 2009
‘बेखबर’ र ‘सडक’ कविता वाचन गहकिलो छ। यी दुवैलाई अक्षरमा पढेको थिएँ आज सुनें । यस्को निरन्तरता
रहोस्। वाचनले कवितालाई अझ बढी जीवन दिन्छ।