Democracy is…
Posted on 18. Jun, 2009 by मेरो रेडियो in मेरो भिडियो
नेपाली फिल्मनिर्माता छिरिङ छोडेनद्वारा निर्मित ‘लोकतन्त्र भनेको …’(Democracy is..) नामक यो भिडियो अन्तर्राष्ट्रिय डेमोक्रेसी भिडियो च्यालेञ्ज प्रतियोगितामा दक्षिणी तथा मध्य एसियाबाट विजयी भएको छ।
अमेरिकी विदेश मन्त्रालयले अनलाइनबाट गराएको प्रतियोगितामा तीन मिनेट लामो सो भिडियो विजयी भएको हो। प्रतियोगितामा ९५ देशका ९ सयभन्दा बढी सहभागी थिए। त्यसमध्ये विभिन्न क्षेत्रबाट ६ भिडियो विजयी भएका छन्। विजेतालाई यही भदौ/असोजमा वासिङ्टन न्युयोर्क र लस एन्जेल्सको भ्रमणमा लगिनेछ । कस्तो छ त भिडियो, आउनुस् हेरौ ।
छोडेनलाई मेरो रेडियोको तर्फबाट बधाई ।
